१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

सरकार गठनबारे बालुवाटारमा सांसदको भेला

 शनिबार, पुस ९ २०७९  

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसदको भेला बोलाएका छन् । कांग्रेसका नवनिर्वाचित सांसदहरुको भेला आज हुँदै छ ।

देउवाले मध्याह्न साढे १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेला बोलाएका हुन् । भेलामा सरकार निर्माणलगायत विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।

नेकपा माओवादी केन्द्रले सुरुमा प्रधानमन्त्रीको दाबी गर्दै आएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन् ।

तर, देउवा प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन् । यसै विषयमा सांसदको धारणा बुझ्न देउवाले भेला बोलाएको बताइएको छ ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय भोलि (आइतबार) सकिँदै छ ।

प्रतिक्रिया सबै