२३ मंसिर २०८०, शनिबार Saturday 9 December, 2023

सरकार गठनबारे कांग्रेसद्वारा हस्ताक्षर संकलन

 शनिबार, पुस ९ २०७९  

काठमाडौं । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन थालेको छ । शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो ।

सांसदहरूको ‍औपचारिक बैठक भने आज मध्याह्न साढे १२ बजेपछि बालुवाटारमा बोलाइएको छ । स्रोतका अनुसार कागजमा विषय उल्लेख नगरिए पनि प्रधानमन्त्रीका लागि सांसदको संख्या पुगेको देखाउन हस्ताक्षर गराएको हो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने हस्ताक्षर गरेका छैनन् । कांग्रेसका प्रत्यक्ष ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद रहेका छन् ।

सरकार गठनका लागि यसअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय तोकिसकेकी छन् ।

संसदमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया सबै