१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

पत्रकार महासंघद्वारा ‘सुर्खेत घोषणा’ जारी, आचारसंहिता पूर्ण पालना गर्न आह्वान

 शनिबार, पुस ९ २०७९  

काठमाडौं । नेपाल पत्रकार महासंघले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभा पछि ‘सुर्खेत घोषणा-२०७९’ जारी गरेको छ ।

महासंघले घोषणापत्र जारी गर्दै आचारसंहिताको पूर्ण पालना गरेर जिम्मेवार र मर्यादित पत्रकारिता गर्न आह्वान गरेको छ । सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभा पछि ‘सुर्खेत घोषणा-२०७९’ जारी गर्दै महासंघले सञ्चारकर्मीहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न आह्वान गरेको हो ।

‘पत्रकार आचारसंहिताको सञ्चारकर्मीहरूलाई पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आह्वान गर्दछ’, ‘सुर्खेत घोषणा-२०७९’ मा भनिएको छ ।

नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठित तीनै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको ठहर महासंघले गरेको छ ।

‘यसप्रति नेपाल पत्रकार महासंघको यो केन्द्रीय साधारणसभा गम्भीर चासो र चिन्ता व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीनै तहका सरकारलाई पुनः आग्रह गर्दछ । नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सूचनाको हक सुनिश्चित गर्न पनि माग गर्दछ ।’, घोषणामा भनिएको छ ।

यस्तो छ घोषणापत्र

 

प्रतिक्रिया सबै