करण राई बने भ्वाइस अफ नेपाल सिज-४ को विजेता
शनिबार, पुस ९ २०७९

काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका हुन् ।
करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भएकी छन् ।
टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बनेका छन् । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको हो ।
विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरेका छन् ।
ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो जहाँ अन्तिम ११ मा पर्न सफल ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए । करणले जित हासिल गरेपछि सांगीतिक करिअरलाई निरन्तरता दिने अझै मिहिनेत गर्ने बताएका छन् ।
प्रतिक्रिया
सबै