बालुवाटारमा सरकार गठनबारे सत्ता गठबन्धन दलको बैठक
शनिबार, पुस ९ २०७९

काठमाडौं । नयाँ सरकार गठनबारे छलफलका लागि बलुवाटारमा आज सत्ता गठबन्धन दलको बैठक बस्दैछ । कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।
बैठकमा सत्ता गठबन्धन दलका पहिलो तहका नेता र सहयोगीका रुपमा केही दोस्रो तहका नेताहरूबीच छलफल हुने महतको भनाई छ ।
निर्वाचन सम्पन्न भएपश्चात नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको एक साताको समय सकिन एक दिन बाँकी छ । दलहरूबीच सरकार गठनका लागि शक्ति बाँडफाँडमा सहमति भने जुट्न सकेको छैन ।
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका महत्वपूर्ण पदहरुको गठबन्धन दलहरूबीच भागवण्डा मिल्न नसक्दा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन ।
प्रतिक्रिया
सबै