१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

माओवादी नेताहरुले थाले एमालेसँग संवाद

 आइतवार, पुस १० २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनबारे नेकपा एमालेसँग संवाद थालेका छ । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद नछोड्ने अडान लिएपछि माओवादी केन्द्रले एमालेसँग संवाद सुरु गरेको हो ।

माओवादीका नेताहरुले एमालेका दोस्रो तहका नेताहरुसँग संवाद गरिरहेका छन् । स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले एमाले नेताहरुसँग संवाद गरिरहेका छन् ।

माओवादी स्रोतका अनुसार प्रचण्डलाई प्रधानमन्त्री पद दिएर अन्य पद बाँडफाँट गर्ने गरी सहमति गर्न एमाले तयारी भएका छन् । तर दुई अध्यक्षको कुराकानी भने हुन बाँकी रहेको छ ।

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने देउवाको सन्देश सुनाएका थिए ।

उनले प्रच्ण्डलाई दोस्रो पालो्मा प्रधानमन्त्री पद लिन आग्रह गरेका थिए । निधिसँगको कुराकानीबारे पार्टीका पदाधिकारीलाई ब्रिफिङ गर्दा प्रचण्डले गठबन्धन संकटमा परेको बताएका थिए ।

प्रतिक्रिया सबै