११ मंसिर २०८०, सोमबार Monday 27 November, 2023

माधव नेपालले बोलाए पदाधिकारी बैठक

 आइतवार, पुस १० २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पदाधिकारी बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटार बैठकबाट निस्किएलगत्तै अध्यक्ष नेपालले पदाधिकारी बैठक बोलाएका हुन् ।

एक केन्द्रीय सदस्यले पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा उपलब्ध पदाधिकारिहरुको बैठक भर्खरै सुरु भएको जानकारी दिए ।

बैठकमा नेपालसहित उपाध्यक्ष राजेन्द्र पाण्डे,महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला, किसान श्रेष्ठ, मेटमणि चौधरी, विजय पौडेल लगायत नेताहरू सहभागी छन् ।

माओवादी केन्द्र गठबन्धन टुटेको भन्दै एमालेसँग संवाद अघि बढाएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने ती नेताको भनाई छ ।

प्रतिक्रिया सबै