प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति
आइतवार, पुस १० २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा यस्तो सहमति जुटेको हो । बैठकमा सहभागी एक नेताले प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भएको जानकारी दिए ।
बालकोटमा एमाले, माओवादी केन्द्र, जसपा, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीच छलफल भएको थियो । सहमतिपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटको बार्दलीबाट अभिवादन गरेका छन् ।
एमालेको ७८, माओवादीको ३२, राप्रपाको १४, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, जसपाको १२ र जनमत पार्टीको ६ सिट गरी १६२ सांसद पुग्ने देखिन्छ । अब नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति पत्र बोकेर नेताहरू शीतल निवास जाने भएका छन् ।
प्रतिक्रिया
सबै