८ मंसिर २०८०, शुक्रबार Friday 24 November, 2023

प्रचण्ड र ओली शीतल निवासमा

 आइतवार, पुस १० २०७९  

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू शीतल निवास पुगेका छन् । नयाँ सरकार गठनका लागि बहुमत सांसद संख्याको दाबीसहित प्रचण्ड र ओली शीतल निवासमा पुगेका हुन् ।

प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउन ७ दलको समर्थन रहेको छ । जसअनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ । ती सबै पार्टीबाट सांसदको संख्या १६६ हुन्छ ।

प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६ र नागरिक उन्मुक्तिका ४ सांसद छन् ।

प्रतिक्रिया सबै