२३ मंसिर २०८०, शनिबार Saturday 9 December, 2023

प्रचण्डलाई राजेशपायललको बधाई- छलाङ मार्दै संसारलाई चकित पार्नुहोला

 सोमवार, पुस ११ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अहिले सेलिब्रिटीले पनि बधाई दिइरहेका छन् ।

लोकप्रिय गायक तथा भ्वाइस अफ नेपालको चौथो सिजनका कोच राजेशपायल राईले प्रचण्डलाई बधाई दिएका छन् ।

‘राई इज किङ’ ‘मेघास्टार’ उपनाम पाईसकेका गायक राईले प्रचण्डलाई छलाङ मारेर संसारलाई चकित पार्नुहोला भन्ने शुभकामना दिएका छन् ।

‘नेपाल र नेपालीको हितमा काम गर्दै विकासको अद्भूत पराकास्टा, छलाङ्ग मार्दै, संसारलाई चकित पार्नु होला, नयाँ प्रधानमन्त्रीको लागि हार्दिक बधाई तथा शुभकामना’, उनले लेखेका छन् ।

उक्त शुभकामनामा गायकले छोरा सायारेम र भ्वाइस अफ नेपालको चर्चित थेगो ‘योयो’ उल्लेख गरेका छन् ।

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेलगत्तै खुमलटार पुगेका संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले पनि बधाई दिएका छन् । अन्य कलाकारले समेत सामाजिक सञ्जालबाट प्रचण्डलाई सफल कार्यकालको लागि भन्दै बधाई दिएका छन् ।

प्रतिक्रिया सबै