रेशमको रिहाइ गर्ने आश्वासन दिएकाले प्रचण्डलाई समर्थन गरेको हो : रञ्जिता चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएको छ । प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेको सो पार्टीले सरकारमा जान रेशम चौधरीको रिहाइलाई बटमलाइन बनाएको छ ।
पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले प्रचण्ड नेतृत्वको सरकारलाई हाम्रो समर्थन रहेको बताईन् । तर सरकारमा जाने कुरा तत्काल पार्टीले नसोचेको र सरकारमा नजाने बताएकी छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई रेशमको रिहाइका लागि पहल गर्ने आश्वासन दिएकाले समर्थन गरेको उनको भनाई छ ।
पार्टीका संस्थापक रेशम चौधरीले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई डिल्लीबजारस्थित कारागारमा बोलाएका थिए ।
एमाले-माओवादी केन्द्रसहितका नयाँ सत्ता गठबन्धनको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बसिरहँदा नागरिक उन्मुक्ति पार्टीका नेताहरु भने सहभागी भएनन् ।
प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ । स्वतन्त्र हैसियतमा जितेका रेशम चौधरीका बाबु लालबीर पनि नागरिक उन्मुक्ति पार्टीमै आवद्ध छन् ।