१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

उपप्रधान र अर्थ मन्त्रालय लिएर विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा

 सोमवार, पुस ११ २०७९  

काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा मन्त्रीहरु पठाउने भएको छ । पौडेललाई आज नै शपथ ग्रहण गराउने तयारी छ ।

पौडेल यसअघि पनि दुई पटक अर्थमन्त्री बनिसकेका छन् । उनी योसहित छैटौं पटक मन्त्री बन्ने भएका हुन् ।

त्यस्तै एमालेबाट सोमबार नै ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईले पनि मन्त्री पदको शपथ लिने भएका छन् ।

एमालेबाट सोमबार मन्त्रीको शपथ लिन लागेकाहरू प्रत्यक्ष निर्वाचित भएका प्रतिनिधिसभा सदस्य हुन् ।

प्रतिक्रिया सबै