प्रचण्डको नेतृत्वमा नयाँ सरकारको शपथ, रवि लामिछाने गृह, विष्णु पौडेल अर्थ, मन्त्रीमा को-को छन् ?
सोमवार, पुस ११ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् ।
उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्ने भएका छन् ।
मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ । ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीहरुले सोमबार नै शपथ लिएका छन् ।
प्रतिक्रिया
सबै