१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

भाडाको घर खोज्दै देउवा

 मङ्लबार, पुस १२ २०७९  

 निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार नछाड्दा नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई खुमलटारमा अप्ठ्यारो परेको छ ।

प्रधानमन्त्रीमा नियुक्त लगत्तै सरकारी निवास बालुवाटार सर्नपर्ने भए पनि त्यो खाली नहुँदा उनी खुमलटारमा रहेको निजी निवासमै छन् । जसका कारण प्रचण्डलाई बधाई दिन पुग्नेहरु भीड खुमलटारमा बढेको छ । खुमलटारको घर सानो क्षेत्रफलमा भएकाले ट्राफिक व्यवस्थापनदेखि सवारी साधनको पार्किङसम्मा समस्या परेको उनको सचिवालयले जनाएको छ । हिजो मात्रै ४४ औं प्रधानमन्त्रीको रुपमा शपथ लिएका प्रचण्डलाई मंगलबार बिहानैदेखि खुमलटारमा भेट्न पुग्नेहरुको चाप बढेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी लगायत प्रचण्डलाई भेट्न पुगेका छन् । त्यसको व्यवस्थापन गर्न पर्याप्त ठाउँ नहुँदा बधाई दिन गएका उच्च पदस्थहरुलाई समेत सुरक्षा प्रबन्ध मिलाउन गाह्रो भएको छ । यता निवर्तमान प्रधानमन्त्री देउवाले भने भाडामा घर खोजिरहेका छन् । नयाँ घर नपाउँदा तत्काल बालुवाटार छाड्न समस्या भएको उनका प्रेस संयोजकले जनाएका छन् ।

‘बूढानिलकण्ठको घरमा निर्माण कार्य भइरहेका कारण बस्न सकिने अवस्था छैन’, प्रेस संयोजकले भने, ‘बालुवाटारबाट सर्नेगरी विभिन्न ठाउँका घर हेर्‍यौं । चित्तबुझ्दो भेटिएको छैन । आजै दिउँसो पनि अर्को घर हेर्दैछौं । मिल्यो भने आजै सर्न सक्छौं ।’

प्रतिक्रिया सबै