१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

प्रचण्ड र ओलीबीच शक्ति बाँडफाँटबारे छलफल

 शुक्रबार, पुस १५ २०७९  

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओली प्रचण्डलाई भेट्न शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । प्रचण्ड र ओलीबीच करिब डेढ घण्टासम्म छलफल भएको छ ।

प्रचण्डको सचिवालयका अनुसार मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमलगायत विषयमा छलफल भएको छ ।

प्रचण्डका प्रेस सहयोगी सूर्य किरणले दुई नेताबीच समसामयिक राजनीतिक विषयमाथि छलफल भएको जानकारी दिए । सात दल र तीन स्वतन्त्र सांसदको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिएपछि मात्रै थप मन्त्रिमण्डल विस्तार गर्ने रणनीति अपनाएका छन् । प्रचण्ड र ओलीबीच मन्त्रालय बाँडफाँट, प्रदेश सरकारको भागबन्डालगायत विषयमा छलफल भएको छ ।

प्रतिक्रिया सबै