१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

राजधानीमा तमु ल्होसार रौनक

 शुक्रबार, पुस १५ २०७९  

काठमाडौं । गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन् ।

टुँडिखेलमा भेला भएर काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले यो पर्व मनाउने गरेका छन् । यो पटक पनि उनीहरूले टुँडिखेलमा भेला भएर यो पर्व मनाएका छन् ।

सरकारले तमु ल्होसार पर्वको अवसरमा शुक्रबार सार्वजनिक विदा दिएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्ष नेताले शुभकामना दिएका छन् ।

प्रतिक्रिया सबै