पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा
आइतवार, पुस १७ २०७९

काठमाडौं । पोखरा अन्तराष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार विमानस्थलको उद्घाटन गरेका हुन् ।
पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्री प्रचण्डले सो अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् । त्यस अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति थियो ।
यसअघि त्यस क्षेत्रका हेलिकप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो । समारोहमा पोखराबासीको उत्साहजनक उपस्थिति रहेको छ ।
प्रतिक्रिया
सबै