एकीकृत समाजवादीका अधिकांश नेता प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्ने पक्षमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टीमा अधिकांश नेताहरूको धारणा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने आएको बताएका छन् ।
शनिबाबाट सुरु स्थायी कमिटीको बैठकपछि उनले गठबन्धन, सरकार र पार्टी एकताको विषयमा छलफल भइरहेको बताए । ‘हामीले पार्टी पुनर्गठन महाअभियान थाल्ने तयारी गरेका छौँ । नेताहरूले आ-आफ्नो धारणा राखिराख्नुभएको छ’, उनले भने । प्रधानमन्त्री प्रचण्डले अनौपचारिक प्रस्ताव आएपछि औपचारिक रूपमा नआएसम्म जान नहुने निष्कर्ष आएको बताए ।
पार्टी एकताको विषयमा एमालेको केही नेताहरूले मात्रै हल्ला चलाएको उनको भनाई छ । एकताको लागि माओवादी र जसपाको नेताहरूसँग कुरा भइरहेको उनीहरूको भनाइ छ । ‘हामीले कुनै एकतको प्रयास गरेका छैनौँ । केही नेताहरूले भ्रम छर्न खोजेका छन्’, उनले भने ।
वृहत्तर वाम एकताको पहल गर्ने पक्षमा भएपनि कुनै एक पार्टीसँग एकता गर्ने भन्ने कुरानभएको उनले बताए । माधव नेपाललाई एमालेले अहिले नै राष्ट्रपति बनाउन प्रस्ताव गरेको भन्ने कुरा सत्य नभएको पनि उनले बताए ।