१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

प्रदेश १ मा सरकार गठनको आह्वान

 आइतवार, पुस १७ २०७९  

काठमाडौं । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले नयाँ प्रदेश सरकारका लागि दावी पेस गर्न दलहरुलाई आह्वान गरेका छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहमुत पुर्‍याउन नसकेपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपाधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुलाई मुख्यमन्त्रीको लागि दावी पेस गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुख खापुङले एकसाता भित्र आगामी आइतबारसम्म दावी पेस गर्न दलहरुलाई आह्वान गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश १ मा कुनै पनि दललाई बहुमत प्राप्त हुन नसकेकाले उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलले बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

संविधानको धारा १६८ को उपधारा ४ मा उपधारा २ वा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको १६ दिन पछि प्रदेश प्रमुखले सरकार गठनका लागि आब्हान गरेका हुन् । प्रदेश १ मा सबे भन्दा ठुलो दल नेकपा एमालेको ४० सिट रहेको छ । कांग्रेस २९ माओवादी केन्द्र १३, एकीकृत समाजवादी पार्टीको ४, जनता समाजवादी पार्टीको १ र राप्रपाको ६ सिट छ । सरकार निर्माणको लागि ४७ सिट संख्या आवश्यक पर्छ ।

यस्तै, प्रदेश १ को प्रदेशसभा पहिलो बैठकले ‘प्रदेश निजामती सेवा अध्यादेश–२०७९’ पारित गरेको छ । आइतबार ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको पहिलो बैठकले सो अध्यादेश पारित गरेको हो ।

बैठकमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले अध्यादेश पेस गरेका थिए । संघीय सरकारले प्रशासनिक संघीयता कार्यान्वयमा ढिलाइ गरेपछि प्रदेशले कामकारबाही गर्नका लागि छुट्टै अध्यादेश ल्याएको हो ।

निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संसोधन अध्यादेश २०७९ जारी गरेको थियो । बैठकले अन्य केही प्रदेश ऐन संशोधन अध्यादेश समेत पारित गरेको छ । प्रदेश १ को प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतलाई बैठकले पारित गरेको हो ।

प्रतिक्रिया सबै