२० मंसिर २०८०, बुधबार Wednesday 6 December, 2023

सीडीओलाई गृहमन्त्रीको निर्देशन- ‘प्रहरी कार्यालयबाट सेवा प्रवाह गर्दा राजनीतिक प्रभाव देखिनुहुँदैन’

 सोमवार, पुस १८ २०७९  

काठमाडौं । उप-प्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल बैठक राखेर निर्देशन दिएका छन् ।

गृह मन्त्रायलबाट भर्चुअल सम्बोधन गरेका गृहमन्त्री लामिछानेले प्रमुख जिल्ला अधिकारीहरुलाई सुशासन प्रत्याभूत हुनेगरी र नागरिकमा आशा जगाउने गरी काम गर्न निर्देश गरेका छन् ।

‘आवाज बिहिनहरुको आवाज सुन्नुस’ ७७ जिल्लाका प्रजिअहरुलाई उनले भने- ‘जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट सेवा प्रवाह गर्दा राजनीतिक प्रभाव कहिँ कतैपनि देखिनुहुँदैन ।’ भर्चुअल बैठकमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु पनि सहभागी थिए । आर्थिक अनुशासनमा शून्य सहनशीलता पालना गर्न निर्देशन दिँदै गृहमन्त्रीले बैठकमा भने- ‘तराईका जिल्लामा राजस्व चुहावटलाई प्राथमिकताका साथ कडाइ गर्नुस् ।’

मन्त्री लामिछानेले तीव्र गतिमा काम गर्न आग्रह गर्दै भनेका छन्- ‘जागिर खाए जसरी होइन्, हाइ स्पिडका साथमा काम गर्नुस् ।’ न्यायमा सबै जनताको पहुँच हुनेपर्ने उल्लेख गर्दै लामिछानेले भनेका छन्- ‘नागरिकले न्यायका लागि अन्यत्र भौतारिन नपरोस्, इमान्दारिता र पारदर्शितामा ध्यान दिनुहोला ।’

लामिछानेले तराइका जिल्लाका मिटरब्याजीलाई कानुनी दायरामा ल्याउन पनि निर्देशन दिएका छन् । त्यस्तै शीतलहरको समस्या न्युनीकरण गर्न चुस्त योजनाका साथ अघि बढन् उनले सुरक्षा प्रमुखहरु र प्रजिअहरुलाई निर्देशन दिए ।

उनले क्षतिपूर्ति तथा मुआब्जा निर्धारण गर्दा त्यसले राज्यकोषमा पार्ने प्रभाव र मूल्यांकनको दीर्घकालीन प्रभावबारे विचार गर्न पनि सीडीओहरुलाई निर्देशन दिएका थिए ।

 

प्रतिक्रिया सबै