राष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आगामी फागुनमा रिक्त हुने राष्ट्रपति र उपराष्ट्रपति पदका लागि एक महिना अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सोही विषयमा प्रधानमन्त्रीसँग आयोगका पदाधिकारीहरुले गरेको छलफलमा सहभागी उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेको विष्णु पौडेलले जानकारी दिए ।
‘राष्ट्रपति, उपराष्ट्रपति र एक रिक्त राष्ट्रिय सभा सदस्य पदको निर्वाचनबारे आयोगका पदाधिकारीले छलफल गर्नुभएको छ’, अर्थमन्त्रीसमेत रहेका एमाले नेता पौडेलले छलफलपछि सञ्चारकर्मीलाई जानकारी दिए ।
छलफलमा प्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेल सहभागी रहेका थिए । गृहमन्त्री रवि लामिछानेले राष्ट्रपति उपराष्ट्रपति निर्वाचनबारे गृहमन्त्रालयले आयोगसँग समन्वय गरेर मिति तोकिने जानकारी दिए ।