७ मंसिर २०८०, बिहीबार Thursday 23 November, 2023

सरकारको विषयमा धारणा बनाउन एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

 सोमवार, पुस १८ २०७९  

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको बारेमा धारणा बनाउन लागि नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बसिरहेको छ ।

आइतबार भएको स्थायी कमिटी बैठकमा सरकारलाई समर्थनको विषयमा धारणा बनाउन नसकेपछि पोलिटब्युरो बैठक बोलाइएको हो ।

अध्यक्ष माधवकुमार नेपाल र अर्का नेता झलनाथ खनाल सरकारबाट समर्थनको विषयमा औपचारिक प्रस्ताव नआएको भन्दै त्यसको पक्षमा देखिएका छैनन् । वरिष्ठ नेता मुकुन्द न्यौपानेसहितका नेताहरुले भने प्रचण्ड नेतृत्वको गठबन्धन सरकालाई समर्थन गर्नुपर्ने र एमालेसँग एकता पनि गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रधानमन्त्री प्रचण्डले गत बुधबार बिहान एकीकृत समाजवादी अध्यक्ष नेपालसँग भेट गरेर समर्थन गर्न आग्रह गरेका थिए । भेटमा अध्यक्ष नेपालले दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्न कुनै समस्या नभएको बताए थिए ।

पुरानो गठबन्धन तोडेर एमालेसँग मिलेर नयाँ सरकार गठन गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले पर्याप्त रुपमा छलफल गर्ने भन्दै अध्यक्ष नेपाल असन्तुष्ट रहँदै आएका छन् । एमाले, माओवादी केन्द्रसहित ७ दलीय गठबन्धन र स्वतन्त्र सांसद गरि १ सय ६९ जना सांसदको समर्थनमा गत आइतबार प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया सबै