२१ मंसिर २०८०, बिहीबार Thursday 7 December, 2023

नेपाल टी-२० मा पोखराको तेस्रो जित

 सोमवार, पुस १८ २०७९  

काठमाडौं । काठमाडौं नाइट्सलाई ५ विकेटले हराउँदै पोखरा एभेन्जर्सले नेपाल टी-२० लिग क्रिकेट प्रतियोगितामा तेस्रो जित हात पारेको छ ।

पोखराका लागि ओपनर सुमित महर्जन र कप्तान उपुल थरङ्गाले तेस्रो विकेटका लागि ११२ रनको शतकीय साझेदारी गर्दै पोखराको जितको आधार तय गरेका थिए ।

जितका लागि १६५ रनको लक्ष्य पछ्याएको पोखराका लागि सुमितले सर्वाधिक ७६ रनको अर्धशतकीय पारी खेले । उनले ५२ बलमा ७ चौका र ३ छक्का प्रहार गरेका हुन् । कप्तान उपुल थरङ्गाले ५८ रनको योगदान दिए । उनले ४९ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे ।

चौथो विकेटका लागि सुमित आउट हुँदा पोखरालाई जितका लागि ७ बलमा ७ रनको आवश्यकता थियो । तर पाँचौ विकेटका रुपमा सिदार्थ लोहनी २ रनमै आउट भए । उनी आउँट हुँदा पोखरालाई जितका लागि अन्तिम ४ बलमा ४ रन चाहिएको थियो । २ बलमा २ रन चाहिएको स्थितिमा कुशल मल्लले छक्का प्रहार गर्दै पोखरालाई जिताए ।

 

प्रतिक्रिया सबै