यातायात कार्यालयमा मन्त्री श्रेष्ठको छड्के
मङ्लबार, पुस १९ २०७९

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आकस्मिक रूपमा यातायात कार्यालय एकान्तकुना पुगेका छन् । मंगलबार विहानै छड्के जाँच गर्न मन्त्री श्रेष्ठ एकान्तकुना पुगेका हुन् ।
उनका स्वकीय सचिव विजय गौतमका अनुसार सेवाग्राहीले गुनासो गरेपछि यातायात कार्यालयमा पुगेर स्थलगत रूपमा अनुगमन गरेको हो । यातायात कार्यालयका चार विभागमा मन्त्रीले छड्के अनुगमन गरेको स्वकीय सचिव गौतमको भनाई छ ।
जसमा लाइसेन्स विभाग, सवारी अनुगमन, सवारी जाँचपास र ट्रायल हुने विभागमा अनुगमन गरिएको उनले बताए । अब ठुलो भ¥याङमा अनुगमन गरेपछि गर्जुधारामा रहेको ट्रायल सेन्टरमा समेत अनुगमन गर्ने तयारी छ ।
प्रतिक्रिया
सबै