२६ चैत्र २०८०, सोमबार Monday 8 April, 2024

सुनको मूल्य प्रतितोला ९०० ले रुपैयाँ वृद्धि

 मङ्लबार, पुस १९ २०७९  

काठमाडौं । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य एक लाख २ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । उक्त दिन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसयताका दिनहरूमा सुनको मूल्यमा उतरचढाव देखिएको भएपनि पछिल्ला दिनहरूमा भने लगातार मूल्य बढ्दै गएको छ । पुस महिनाको १ गतेदेखि १९ गतेसम्म सुनको मूल्य दुई हजार ७०० रुपैयाँले वृद्धि भएको छ ।

पुस १ गते प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन पुस १९ गते प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि लगातार बढ्दै गएको छ । आज तेजाबी सुन प्रतितोला एक लाख दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया सबै