१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

‘राष्ट्रिय सहमतिको सरकारका लागि प्रयास गरौँ’

 मङ्लबार, पुस १९ २०७९  

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकारका लागि प्रयास गर्नुपर्ने बताएका छन् । निवर्तमान सभामुख र उपसभामुखहरूको संस्था स्पिकर्स फोरमको कार्यक्रममा पौडेलले अस्थिरता भएको भन्दै राष्ट्रिय सहमति खोज्ने बेला आएको बताए ।

‘धेरैलाई प्रतिपक्षमा कांग्रेस पुग्ने भएपछि यस्तो भन्यो भन्ने लाग्ला। सधैं अस्थिरता भयो, त्यसैले मैले राष्ट्रिय सहमतिको सरकार भनेको हुँ । राष्ट्रिय सहमति खोज्ने बेला आएको छ। राष्ट्रिय सहमतिको सरकारका लागि प्रयास गर्नुपर्छ’, नेता पौडेलले भने ।

गठबन्धन टुटेकोप्रति संकेत गर्दै उनले राजनीतिमा एकथोक सोच्दा अर्कोथोक हुने गरेको पनि उनको भनाई छ । ‘एक थोक सोच्यो अर्को थोक हुन्छ । हाम्रो हिसाब नै मिल्दैन,’ उनले भने, ‘रूखले हँसिया हतौडा र हँसिया हतौडाले रूखलाई भोट हालेको हो, आ—आफ्नो सिद्धान्तविपरीत पनि भोट हालियो । झण्डै बहुमत थियो । दुई÷चार सिट मिलिहाल्थ्यो तर एकाएक गठबन्धन हाइज्याक भयो ।’

प्रतिक्रिया सबै