भ्रष्टाचार हुने सम्भावित निकायहरुमा निगरानी राख्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
मङ्लबार, पुस १९ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार हुने सम्भावित निकायहरुमा निगरानी राख्न मातहत कार्यालयलाई निर्देशन दिएका छन् ।
मंगलबार सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव र सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार हुने सम्भावित निकायहरुमा निगरानी राख्न मातहत कार्यालयलाई निर्देशन दिएका हुन् ।
‘भ्रष्टाचार नियन्त्रण र निवारण यो सरकारको प्राथमिक काम हो । भ्रष्टाचार हुने सम्भावित निकायहरु र त्यस्ता व्यक्तिहरुको बारेमा निगरानी राम्रो मातहत कार्यालयमा भएका अनियमितताप्रति जिम्मेवार बन्नुहोस्’ उनले भनेका छन्— ‘डिजिटल सेवा, फेसलेस सेवा, विचौलिया हटाउने, गुनासो सुन्ने र फट व्यवस्था, जनताको बढी भीड हुने मालपोत, लाइसेन्स, जस्ता निकायहरुमा क्षतिपूर्तिसहितको नागरिक बडापत्र राख्नुहोस् ।’
प्रतिक्रिया
सबै