सरकारबारे छलफल गर्न बालुवाटार पुगे ओली
मङ्लबार, पुस १९ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा आज छलफल भएको छ । समसामयिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारको प्रभावकारिता लगायत विषयमा छलफल गर्न ओली बालुवाटार पुगेका हुन् ।
सरकार गठन भएको दुई साता हुँदा पनि अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन भने प्रधानमन्त्रीसँगै शपथ लिएका चार मन्त्रीले अझै पनि मन्त्रालय पाउन सकेका छैनन् ।
यस्तो अवस्थामा प्रधानमन्त्रीसँग छलफलका लागि ओली बालुवाटार पुगेका हुन् । सोमबार मात्रै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीसँग बालकोट र प्रचण्डसँग बालुवाटारमा छलफल गरेका थिए ।
प्रतिक्रिया
सबै