१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

नेपाल टी-२० लिगमाथि छानविन गर्न सिआइबीलाई गृहमन्त्री लामिछानेको निर्देशन

 मङ्लबार, पुस १९ २०७९  

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कीर्तिपुरमा जारी नेपाल टी-२० लिगमाथि छानविन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई निर्देशन दिएका छन् ।

मंगलबार उनले सिआइबीलाई छानविन गर्न निर्देशन दिएको लामिछानेको सचिवालयले जनाएको हो । लिगमा स्पट फिक्सिङ र बेटिङ भइरहेको भन्ने आशंका गरिएको छ ।

यसबारे सूचना र उजुरी परेपछि सिआइबीले अनुसन्धान गरिरहेको थियो । यद्यपि यसमा अहिलेसम्म प्रहरीले प्रमाण फेला पारेको छैन ।

लिगका कमेन्टेटर समेत रहेका सचिन तिमल्सेनाले पनि फिक्सिङको आशंकामा लिग छाडेका छन् । पूर्व कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले पनि आफ्नो टिमका साथीलाई फिक्सिङको अफर समेत आएको बताएका छन् ।

प्रतिक्रिया सबै