भालुको आक्रमणबाट एक जनाको मृत्यु
बुधबार, पुस २० २०७९

काठमाडौं । अर्घाखाँचीमा भालुको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा नं.२ सितापुरमा भालुको आक्रमणमा परी ७९ वर्षका रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको हो ।
घरबाट झिरा भन्ने स्थानमा जाँदै गर्दा शितगंगा- २ ओखारी भन्ने ठाउँमा भालुले आक्रमण गरेर बृद्धको मृत्यु भएको वडा अध्यक्ष रामबहादुर क्षेत्रीले जानकारी दिए ।
जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली पुग्दा भालु घटनास्थलमै रहेको र धेरै मानिसहरु देखेपछि भागेको वडाध्यक्ष क्षेत्रीले बताए । जंगल नजिकैको बस्ती भएकाले सीतापुरका बासिन्दामा भालुको आक्रमणको त्रास रहेको उनले बताए ।
प्रतिक्रिया
सबै