मधेस प्रदेश एमाले संसदीय दलको नेतामा सरोज यादव चयन
बुधबार, पुस २० २०७९

काठमाडौं । नेकपा एमाले मधेस प्रदेश सभा संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । मधेस प्रदेश पार्टी कमिटीले यादवलाई संसदीय दलको नेता चयन गरेको हो ।
मंगलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो । आकांक्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएकामा उक्त कमिटीले यादवको नाम चयन गरेको एमाले नेता सोमप्रसाद शर्माले जानकारी दिए । एमाले केन्द्रीय सदस्यसमेत रहेका यादव महोत्तरी क्षेत्र नम्बर ४ (१)बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।
दलको नेताका लागि एमाले केन्द्रीय सदस्यसमेत रहेका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदादेवी थापालगायत दाबेदार थिए । मधेस प्रदेशको सबैभन्दा ठूलो दल एमालेका प्रदेश सभामा २३ सांसद छन् ।
प्रतिक्रिया
सबै