२३ मंसिर २०८०, शनिबार Saturday 9 December, 2023

सुनको मूल्य यो वर्षकै उच्च

 बुधबार, पुस २० २०७९  

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य यो वर्षकै सबैभन्दा उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख दुई हजार ९०० रुपैयाँ पुगेको छ ।

सुनको मूल्य यस दिन तोलामा ३०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल सुन तोलाको एक लाख दुई हजार ६०० मा कारोबार भएको थियो । यो वर्ष यसअघि गएको वैशाखमा तोलाको एक लाख दुई हजार ५०० रुपैयाँसम्म कारोबार भएको थियो ।

बुधबार तेजाबी सुन तोलाको एक लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

प्रतिक्रिया सबै