प्रधानमन्त्री प्रचण्ड भेट्न यूरोपेली संघका राजदूत बालुवाटारमा
बुधबार, पुस २० २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि यूरोपेली संघका राजदूतको टोलीले भेट गरेको छ । राजदूत नोना डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । साथै, सम्बन्धलाई मजबुत बनाउन र शिक्षा, आर्थिक सहकार्य र लगानीका विषयमा पनि छलफल भएको थियो ।
राजदूत डोप्रेजका अनुसार अर्को महिना दुई देशका ज्वाइन्ट कमिसनबीच छलफल पनि हुने भएको छ ।
प्रतिक्रिया
सबै