१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

सन्दीपलाई जेलभित्रै ‘काउन्सिलिङ’

 बुधबार, पुस २० २०७९  

काठमाडौं । जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई आज (बुधबार) पनि मनोपरामर्श (काउन्सिलिङ) दिइने भएको छ ।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेका अनुसार वरिष्ठ मनोविद्‌लाई केन्द्रीय कारागार सुन्धारामा लगेर सन्दीपलाई काउन्सिलिङ गरिनेछ । यसअघि सोमबार पनि उनलाई मनोपरामर्श दिइएको थियो ।

सन्दीपमा डिप्रेसनको संकेत देखिएपछि वरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले मनोपरामर्श दिन थालेकी हुन् । पछिल्लो समय उनमा डिप्रेसनको संकेत बढ्दै गएपछि जेलमै परामर्श दिन थालिएको हो। अब नियमित २र३ दिनको फरकमा मनोपरामर्श दिइने घिमिरेको भनाई छ ।

सन्दीपको बोलीचाली र हाउभाउमा पनि परिवर्तन आएको छ । उनमा नकरात्मक सोचहरु बढेको पाइएको अधिवक्ता घिमिरेले बताए ।

सन्दीपलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । मुद्दाको फैसला हुन समय लाग्ने देखिएको छ । जिल्ला अदालतले अहिले पनि प्रमाण झिकाउने र सम्बन्धित व्यक्तिको बकपत्र गराउने काम गरिरहेको छ ।

 

प्रतिक्रिया सबै