क्यानले भन्यो : टी-२० लिगमा फिक्सिङको हल्ला झूटो, प्रमाणसहित उजुरी गर्नुस्
बुधबार, पुस २० २०७९

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी-२० लिगमा ‘म्याच फिक्सिङ’ र ‘स्पोट फिक्सिङ’का बारेमा विभिन्न समाचार आएपछि भ्रम र हल्ला फैलाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले यदि कसैले फिक्सिङ गरेको थाहा पाए प्रमाणसहित जारी नेपाल टी-२० लिगको ‘एन्टी करप्सन युनिट’लाई उजुरी बुझाउन आग्रह गरेको छ ।
नेपाल टी-२० मा स्पट फिक्सिङ भएको आशंका गर्दै कमेन्टेटर सचिन तिमिल्सिनाले हिजो फेसबुक लाइभ गरेपछि विवाद उब्जिएको थियो ।
यस विषयमा नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्नै टीमका एक खेलाडीलाई फिक्सरले अप्रोच गरेको बताएका थिए । यस विषयमा अनुशासन समितिमा आफूहरुले रिपोर्टसमेत गरेको उनले जानकारी गराएका थिए ।
प्रतिक्रिया
सबै