३ श्रावण २०८१, बिहीबार Thursday 18 July, 2024

कांग्रेस नेता विमलेन्द्र निधि दिल्ली प्रस्थान

 बुधबार, पुस २० २०७९  

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् । स्वर्गीय देवीप्रसाद (डिपी) त्रिपाठीको वार्षिकीमा सहभागी हुन नेता निधि बुधबार दिउँसो १ बजे दिल्ली प्रस्थान गरेका हुन् ।

निधि सभापति शेरबहादुर देउवाको स्वीकृतमा दिल्ली गएको बुझिएको छ । भारतीय राजनीतिज्ञ तथा भारतीय राष्ट्रीय कांग्रेसका महासचिव स्वर्गीय त्रिपाठीको पहिलो वार्षिकीको अवसरमा आयोजित पुस्तक विमोचन समारोहमा निधिले भाग लिने कार्यक्रम छ ।

उक्त कार्यक्रममा अर्थराज्यमन्त्री पंकज चौधरी, विशिष्ठ व्यक्तिहरु केसी त्यागी, सुप्रिया, डि राजा, भारत र नेपालका लागि भियतनाका राजदूत लगायत कार्यक्रममा सहभागी हुने छन् ।

निधिको चार दिने भारत भ्रमणका क्रममा राजनीतिक भेटघाटको पनि कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया सबै