सुनको मूल्य वर्षकै उच्च
बिहिबार, पुस २१ २०७९

काठमाडौं । सुनको मूल्यले तोलामै एक लाख तीन हजार रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका यो मूल्य यो २०७९ कै उच्च हो ।
आज तोलामा २ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ३ हजार एक सय रुपैयाँ पुगेको छ ।
यस्तै, तेजावी सुनको मूल्य एक लाख २ हजार ६ सय र चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ तोकिएको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको हो ।
बुधबाचर छापावाल सुनको मूल्य एक लाख २ हजार ९ सय, तेजावी सुनको मूल्य १ लाख २ हजार ४ सय र चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
प्रतिक्रिया
सबै