७ मंसिर २०८०, बिहीबार Thursday 23 November, 2023

मेयर बालेन्द्र परिवारसहित विदेश भ्रमणमा

 बिहिबार, पुस २१ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ बिदा मनाउन परिवारसहित इन्डोनेसियाको बाली गएका छन् । मेयर शाह परिवारसहित मंगलबार साँझ इन्डोनेसियाको बाली गएका हुन् ।

आगामी पुस २५ गते नेपाल फर्कने कार्यक्रम रहेको प्रमुख स्वकिय सचिव भूपदेव शाहले जानकारी दिए । ‘उहाँ पारिवारसहित व्यक्तिगत भ्रमणका लागि इन्डोनेसिया जानुभएको हो,’ स्वकिय सचिव शाहले भने, ‘२५ गते फर्कनेगरी पारिवारसँग जानुभएको हो । कुनै औपचारिक कार्यक्रम तय भएको छैन ।’

उनी महानगरबाट बिदा लिएर बाली घुम्न गएका हुन् । काठमाडौंको मेयर निर्वाचित भएपछि शाह पहिलोपटक विदेश भ्रमणमा गएका हुन् । उनीसँग श्रीमती सविना काफ्लेपनि इन्डोनेसिया गएकी छन् ।

 

प्रतिक्रिया सबै