राप्रपा ३ मन्त्रालयसहित सरकारमा जाने निश्चित
बिहिबार, पुस २१ २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा जाने पक्का भएको छ । सत्ता गठबन्धनको चौथो दल राप्रपा कम्तीमा ३ मन्त्रालयसहित अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने निश्चित भएको हो ।
लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा जानेछन् । रास्वपाले ३ मन्त्रालय पाउने भएकाले राप्रपालाई २ मन्त्रालय दिने प्रस्ताव छ । तर, राप्रपाले भने ३ वटा मन्त्रालय दाबी गरेको छ ।
वागमतीको मुख्यमन्त्री समेत दाबी गरेको राप्रपाले संघ सरकारमा एक राज्यमन्त्रीसहित ३ मन्त्रालय पाएमा मुख्यमन्त्री छाड्ने बुझिएको छ ।
लिङ्देनसँगै महामन्त्री डा. धवल शम्सेर जबरा, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान मन्त्रीका मुख्य दाबेदार देखिएका छन् ।
प्रत्यक्ष निर्वाचितमध्येलाई दुई पटक गरेर मौका दिइनेबारे पार्टीमा नेताहरुबीच छलफल भएको छ । प्रतिनिधिसभा राप्रपाको १४ सीट छ ।
प्रतिक्रिया
सबै