देउवा र उपेन्द्र यादवबीच भेटवार्ता
बिहिबार, पुस २१ २०७९

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । देउवा निवास धुम्बाराहीमा बिहीबार दुई नेताबीच भेटवार्ता भएको हो ।
स्रोतका अनुसार हालको सत्ता गठबन्धनसँग आबद्ध यादवले देउवासँग समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ । यस्ते, मधेस प्रदेशमा सरकार निर्माणका बारेमा पनि छलफल भएको बताइएको छ ।
उपेन्द्र यादवले केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका छन् भने मधेसमा मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने लबिङ गर्दै आएका छन् ।
प्रतिक्रिया
सबै