गोली प्रहार गरी हत्या गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । धनुषामा गोली प्रहार गरी हत्या गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका-२ बस्ने ५० वर्षीय धनुषधारी दासको गोली प्रहार गरी हत्या गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा उनकै जेठो छोरा २१ वर्षीय प्रदीप दास, उनकै ज्वाइँ महोत्तरी पिपरा गाउँपालिका-५ सहोडवा बस्ने ३४ वर्षीय उदय दास र धनुषा नगराईन नगरपालिका-२ जटही बस्ने २१ वर्षीय रंजीत कुमार यादव रहेका छन् ।
आफ्नै घरमा बिग्रीएको पानी पम्प सेट मर्मत गरिरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले पुस ९ गते बिहान गोली प्रहार गर्दा गम्भीर घाइते भएका धनुषधारीको उपचारको लागि प्रादेशिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो ।
घटनाको थप अनुसन्धान गर्न तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले घटनामा संलग्न मुख्य योजनाकार धनुषधारीका जेठो छोरा प्रदीप, घटनाका सहयोगी धनुषधारीका ज्वाइँ उदय र गोली प्रहार गर्ने रंजित कुमारलाई हत्या गर्न प्रयोग भएको कटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोलीको खोका १ थान, अटोमेटीक पेस्तोलमा लाग्ने म्याग्जीन १ थान र अटोमेटिक पेस्तोलको गोली १ राउण्डसहित पक्राउ गरेको हो ।
उनीहरू माथि जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्दा शीर्षकमा म्याद थप गरी आवश्यक अनुसन्धान गर्नुका साथै घट्नामा संलग्न अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।