१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

सट्टाबाजी खेलाउन संलग्न रहेको अभियोगमा एक जना पक्राउ

 बिहिबार, पुस २१ २०७९  

काठमाडौं । कीर्तिपुर नगरपालिका-१०स्थित क्रिकेट खेल मैदानमा अनलाईन बेटिङमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा बुधबार दिउँसो प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत दिल्ली उत्तमनगर घर भई हाल काठमाडौं गौशाला बस्ने ३६ वर्षीय प्रतिक कुमार रहेका छन् ।

पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत फार वेष्ट युनाइटेड र विराटनगर सुपर किंगस् बिच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हार जितको लागि अनलाईन बेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न कुमारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया सबै