स्ववियु निर्वाचन चैत ५ मा गर्न विद्यार्थी कल्याण परिषदको सिफारिस
बिहिबार, पुस २१ २०७९

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण परिषदले स्ववियु निर्वाचनको मिति चैत ५ गते गर्न त्रिवि कार्यकारी परिषदलाई सिफारिस गरेको छ ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीका अनुसार विद्यार्थी कल्याण परिषदको बिहीबार बसेको बैठकले चैत ५ गते गर्नको लागि त्रिवि कार्यकारी परिषदलाई सिफारिस गरेको हो ।
आफुहरुले सबै डीन, निर्देशक तथा विद्यार्थी संगठनका केन्द्रिय अध्यक्षहरुसँग बसेर मिति सिफारिस गरेका उनले बताएका छन् ।
शिक्षाध्यक्षको अध्यक्षतामा रहेको विद्यार्थी कल्याण परिषद्को सिफारिसमा त्रिविको कार्यकारी परिषद्ले निर्वाचनको निर्णय गर्ने व्यवस्था छ । परिषदमा ९ वटै संस्थान र संकायका डिन सदस्य रहने व्यवस्था छ ।
प्रतिक्रिया
सबै