१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

सेयर बजारमा ५ अर्बको कारोबार, १४७ कम्पनीको मूल्य बढ्यो

 बिहिबार, पुस २१ २०७९  

काठमाडौं । सेयरबजारमा आज ५ अर्बको सेयर कारोबार भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार १७.९२ अंकले नेप्से बढ्दा उक्त परिमाणको कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २१४३.७६ विन्दुमा पुगेको छ । बिहीबार २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार कित्ता सेयर बिक्री भएका छन् ।

७१ हजार ८ सय १६ पटकको खरिदबिक्रीपछि ५ अर्ब ४ करोड रुपैयाँको सेयर कारोबार भएको हो । नयाँ सरकार बनेयता सेयरबजारले राम्रो संकेत गरिरहेको छ ।

नेप्सेका अनुसार बिहीबार १४७ कम्पनीको सेयर बढेको छ भने ६२ वटाको घटेको छ । चारवटाको भने उही मूल्यमा कारोबार भएको छ ।

आज चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रो, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, सृजनशील लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । यी कम्पनीका लगानीकर्ताले कमाउँदा गुमाउनेहरुले भने ३.०३ प्रतिशतसम्म गुमाएका छन् । त्यस्तै, आज बजारमा हिमालयन डिस्टिलरीको सर्वाधिक ४३ करोडको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया सबै