बाहुनको समाजवादी व्यवस्थापनवारे

कोशीस्थित बाजेको पेडा दोकान जस्तै संगठनात्मक अवस्था भए पनि आजको पुस्ताले समाजवाद भन्छ । गद्दारहरु क्रान्तिलाई निस्तेज पार्ने षडयन्त्रमा समाजवादको नारा कब्जा गर्दैछन् भने ईमानदारहरु क्रान्तिको ज्वाला दन्काउन समाजवादी कार्यभार उठान गर्दैछन् ।
श्रमिकवर्ग, जात-जाति, क्षेत्र, महिला एवं देशभक्त जनसमुदाय र राज्यसत्तावीचको विध्यमान अन्तर्विरोध हल गर्ने तागत समाजवादी क्रान्तिले मात्र राख्दछ । अर्थराजनीतिमा दलाल पुँजीवाद र सत्तासंरचनामा गोर्खाली अन्धराष्ट्रवादको अन्त्यका निमित्त समाजवादी क्रान्ति एक मात्र समाधान हो, भन्नेमा भौतिकवादीहरु प्रतिबद्व छन् । तर, कसरी ? जवाफमा समाजवादी लोकतन्त्रको कार्यक्रम प्रस्ताव गरिन्छ ।
भौतिकवादी विश्लेषणका आधारमा आदिम अथवा प्राचीन नेपालको नेतृत्व आदिवासीले गरेका थिए । जनजाति आदिवासी, मधेसी आदिवासी र खस आदिवासी नेतृत्वमा नेपालमा गणजातीय राज्यव्यवस्था स्थापना तथा सन्चालन गरिएका हुन् । सामन्ती नेपालको नेतृत्व बाहुनको सहयोगमा हिन्दूकृत खस-ठकुरीले गरे भने दलाल पुँजीवादी नेपालको नेतृत्व बाहुनले कब्जा गरेका छन् ।
बाहुनहरुले मुख्यतः आफ्नै स्वार्थका लागि पुँजीवादी लोकतान्त्रीक आन्दोलनमा जोड्दार योगदान गरेका छन् । परन्तु, व्यक्तिवादी पुँजीवादले भद्दा अतिक्रमणकारी बाहुन चरित्रको विस्तारलाई जसरी सर्वत्र स्थान खुल्ला छोड्यो, ठिक विपरीत समाजवादले दृढ नियन्त्रण गर्दछ ।
अतः १२ प्रतिशत जनसंख्याको बाहुनले पुँजीवादी राज्यको राजनीतिक क्षेत्रमा ७५ प्रतिशत, प्रशासनमा ७० प्रतिशत र अर्थतन्त्रमा ६५ प्रतिशत स्थान जसरी कब्जा गरिरहेको छ, बहुराष्ट्रीय राज्यको समाजवादमा त्यस्तो उपनिवेशवादी कब्जाको अन्त्य प्राथमिक शर्त बन्न आउँछ ।
गोर्खाली अन्धराष्ट्रवादवारे केही कुरा
दलाल पुँजीवादको काफी विश्लेषण भएका छन। यहाँ मुख्यतस् गोर्खाली अन्धराष्ट्रवादवारे संक्षिप्त चर्चा गरिन्छ । भारतीय गोरक्षापुर, जसलाई पछिल्लो समय गोरखपुर भनियो, बाट कुनै कानफट्टा जोगी तनुवानमा घुस्यो । त्यसले गोरक्षा मन्दीर खडा गर्यो । राजनीतिमा आउँदा गुरुङ-मगर नेतृत्वाधीन तमुवानको राज्यसत्ता शाहबंशका ठकुरीले षडयन्त्रपूर्वक खोसे ।
गोरक्षा मन्दीरका पण्डितलाई हिन्दू धर्म स्वीकार गर्ने क्षेत्री राजा चाहिएको थियो भने शाहबंशलाई शक्ति । फलस्वरुप ती दुई तत्ववीच एकता हुन पुग्यो । त्यसरी हिन्दू धर्मको मन्दीर गोरक्षा राजनीतिमा आउँदा गोरखा बन्न पुग्यो । यसरी पृथ्वीनारायण शाहले ूगोरक्षा मन्दीरबाट गाई/गोरु रक्षाको आशीर्वाद लिएर आफ्नो सामन्ती राज्य विस्तार गरे ।
त्यसैले पृथ्वीनारायण शाहले आफ्नो राज्यलाई असली हिन्दूस्तान बनाउने राजनीतिक कार्यदिशा उद्घोष गरे । जसको आधारमा खडा भएको राज्यसत्ताको ऐतिहासिक संरचना पुँजीवादी गणतन्त्रमा समेत गोर्खाली चरित्रकै छ । जसले, आदिवासी समुदायको राजनीतिक, आर्थिक, साँस्कृतिक प्रगतिलाई निर्मम दमन गर्ने, गाई(गोरु काट्ने परम्पराका नागरिकलाई १२ बर्ष कैद गर्ने र बाहुनलाई सर्वत्र सत्ताको मालिक बनाईरहन हिन्दू राज्य फर्काउने दुष्ट शाहस बोलिरहेको छ ।
अतः गोरक्षा धर्मको पण्डित्याइँ ठेक्का लिएका बाहुन र राजकीय ठेक्का पाएका गण्डकी क्षेत्रका हिन्दूकृत ठकुरी÷खसहरुको सम्पूर्ण सत्तासंरचना जनजाति, मधेसी र खसानका खस विरुद्व स्वभावैले केन्द्रीत रह्यो । जुन, सुरुमा गोर्खाली सामन्ती राज्य विस्तारको चरित्रमा थियो भने गणतन्त्रमा पुग्दा, निकै सकातात्मक भाषामा भन्नू पर्दा त्यो गोर्खाली अन्धराष्ट्रवादको चरित्रमा पतीत छ । यसरी श्रमिकवर्ग, महिला र आदिवासी जनता विरुद्व अर्थराजनीतिक दृष्टिले दलाल पुँजीवाद र ऐतिहासिक सत्तासंरचनाको दृष्टिले गोर्खाली अन्धराष्ट्रवादको उत्पीडन अझ चर्किएको छ । र, त्यस अन्तर्विरोधको हल गर्नु समाजवादी क्रान्तिको आधारभूत कार्यभार हुन आउँछ ।
बाहुन अहंकारवादको भण्डाफोर पृथ्वीनारायण शाहको समयदेखि राणाशासन अवधिभर राज्यको सम्पूर्ण कार्यकारी सत्ता हिन्दूकृत खसको हातमा निहित थियो । हिन्दू धार्मिक मान्यताका आधारमा बाहुनले राजकीय सल्लाहकारको ठेक्का पाएका हुन्थे । तर, राणाशासन विरोधी आन्दोलन २००७ देखि प्रजातन्त्रको नारामा खस-क्षेत्रीको हातबाट कार्यकारी सत्ता बाहुनले खोस्यो । जनजाति, मधेसी, दलित र महिलामाथि त हिन्दू सामन्ती उत्पीडन थोपरिएकै थियो, प्रजातन्त्रदेखि गणतन्त्रमा पुग्दा क्षेत्रीकरणमा भ्रमित खसहरुको पनि हालत दयनीय बनेको छ । र, १२ प्रतिशत बाहुनको हातमा ७५ प्रतिशत राज्याधिकार कुण्ठित हुन पुगेको छ ।
बाहुन चरित्रलाई प्रष्ट भाषामा बुझ्न तत्कालीन नेकपा (माले) का केन्द्रीय सदस्य गोविन्द न्यौपानेको पुस्तक नेपालमा जातीय प्रश्नू को निम्न अंशले खास वास्तविकता उजागर गर्छ : ‘हिन्दू धार्मिक श्रेष्ठताको विचार राख्नु, हिन्दूवादी जीवन मूल्यहरुलाई सभ्यताको मापनको आधार मान्नु, राज्यव्यवस्थाका हरेक क्षेत्र, हरेक पक्ष र हरेक स्तरमा नियन्त्रण स्थापित गर्नु र सम्पूर्ण उपलब्ध अवसरहरुमा कब्जा जमाउनु आजको नेपाली समाजमा रहेको बाहुन चरित्र हो ।
यो ठेक्का अवसरको उपलब्धता, धुर्त्याइँ वा प्रपञ्चले शक्तिको शिखरमा चढेका, शताब्दीयौंसम्मको ब्रम्हलुटले जम्मा भएको वैभवको नाङगो प्रदर्शनमा लागेका र कहिल्यै नमर्ने शोषण, रजाइँ तथा सम्मानको तिर्खाले सिकिस्त विरामी परेका सफेद कलेवरका नयाँ एवं पुराना बाहुनहरुको जिम्मामा छ । यी आफ्नो रक्त सम्बन्धका उच्चवर्गीय सुकिला बाहुनहरुको रजाइँ देखेर बाँकी जनवर्गका बाहुनहरुमा पनि एक किसिमको जातीय श्रेष्ठताको मात चढेको छ र सामाजिक मनोविज्ञानले उतपन्न गरेको नक्कली उच्चताको रवाफ पनि बढेको छ ।
समाजमा बलात सम्मान र शासनमा नियन्त्रण कायम गरेको यो जाति आफैभित्रका प्रगतिशील पंक्ति र अरु जातिका जनताको आक्रोश र विद्रोहको जवालामुखीमाथि बसेको छ। यसले शक्ति सम्पन्नताको साझेदारीको बाटो लिएन भने अमैत्रीपूर्ण परिवेश र कठिन जीवनदशा भोग्नै पर्ने अवस्था आउन सक्छ । उत्पीडित समुदायका कतिपय मानिसहरु भन्छन, जर्मनीका यहुदी र दक्षिण एसियाका बाहुन एउटै हुन् । तसर्थ हिटलरले ठिक गरे । परन्तु, मानव जाति निर्माणको महान लक्षमा समर्पित मार्क्सवादीहरु हिटलरको समर्थन गर्दैनन्। बरु बुद्वले भने झैं दुस्खको कारणको सम्यक निवारण खोज्दछन् ।
निवारणको राजनीतिक कार्यक्रम
सम्पूर्ण साझेदारीमा आधारित समाजवादी लोकतन्त्रको राजनीतिक व्यवस्था एक मात्र विज्ञानसंगत निवारण हुनेछ । त्यस अनुसार विध्यमान दलाल पुँजीवादी भ्रष्ट निर्वाचन प्रणाली खारेज तथा निम्न तीन आयामको समाजवादी निर्वाचन प्रणाली अख्तियार गर्नु पर्दछ :
क. हरेक तहको प्रतिनिधिसभामा मजदुर जनसंख्या, किसान जनसंख्या र पुँजीपति जनसंख्याको पूर्ण समानुपातमा वर्गीय प्रतिनिधि निर्वाचन प्रणाली स्थापित गर्नु पर्छ ।ख. हरेक तहको प्रतिनिधिसभामा महिला र पुरुष जनसंख्याको पूर्ण समानुपातमा लैंगिक प्रतिनिधि निर्वाचन प्रणाली स्थापित गर्नु पर्छ । ग.हरेक तहको प्रतिनिधिसभामा सर्वजातीय जनसंख्याको पूर्ण समानुपातमा सामुदायिक प्रतिनिधि निर्वाचन प्रणाली स्थापित गर्नु पर्छ । घ. देशको कार्यकारी प्रमुख निर्वाचन गर्दा दलित, मधेसी-मुस्लिम, आदिवासी जनजाति र खस-आर्यको सामुदायिक चक्रप्रणाली अख्तियार गर्नु पछै । उपरोक्त प्रतिनिधि निर्वाचनको पहिलो आयामले दलाल पुँजीवादी अन्तर्विरोध हल गर्छ, दोस्रो आयामले लैंगिक अन्तर्विरोध हल गर्छ र तेस्रो आयामले जातीय अन्तर्विरोध हल गर्छ भने सामुदायिक चक्रप्रणालीमा देशको कार्यकारी प्रमुख चुन्ने शासकीय व्यवस्थाले उत्पीडित समुदायको जोड्दार प्रोत्साहन तथा खस-आर्यको पनि न्यायोचित व्यवस्थापन गर्दछ ।
संघीय प्रतिनिधिसभाको हकमा तदनुरुप १२ प्रतिशत जनसंख्या ओगटेका बाहुनको १२ प्रतिशत स्थान सुनिश्चित गरिन्छ। जसभित्र मजदुर, किसान र पुँजीपति जनसंख्याको पूर्ण समानुपातका वर्गीय प्रतिनिधि हुनेछन, महिला र पुरुष जनसंख्याको पूर्ण समानुपातका लैंगिक प्रतिनिधि हुनेछन र बाहुन पुँजीपतिका पनि यसरी पहिलो हुने व्यक्ति जित्ने दलाल पुँजीवादी भ्रष्ट निर्वाचन प्रणाली, वस्तुतः बाहुनवादी निर्वाचन प्रणाली खारेज गरि सम्पूर्ण साझेदारीमा समर्पित समाजवादी निर्वाचन प्रणाली स्थापनाद्वारा बाहुनको समाजवादी व्यवस्थापन गर्न सकिन्छ । वर्ग र बर्ण गुत्थिएको दक्षिण एसियाली समाजमा बाहुनको न्यायोचित व्यवस्थापन कार्यक्रमबाट मात्र समाजवादको ढोका खोल्न सकिन्छ। प्रस्तुत कार्यसूचिवारे हिच्किचाहटले गोविन्द न्यौपानेको अमैत्रीपूर्ण परिवेश र कठिन जीवनदशा आईलाग्ने चेतावनीलाई नै बढावा दिइरहन्छ ।
समाजवादी क्रान्तिको सन्दर्भमा दुई अहं प्रश्नहरु :
पहिलो, वर्ग र बर्णव्यवस्था गुत्थिएको जटिलताभित्रको नेपालमा बाहुनको समाजवादीकरण बिना समाजवाद किमार्थ सम्भव छैन । सबै जाति समुदायको समाजवादीकरण जरुरी छ, मुख्यतः बाहुनको जरुरी छ । किनभने, त्यसले बहुजातीय राज्यमा एकल जातीय बिनाशलिला मच्चाईरहेको छ र समाजवाद हासिल गर्ने क्रान्तिको बाटो मुख्यतः बाहुन चरित्रले अवरोध गरिरहेको छ ।
ण्अतः बाहुनको समाजवादीकरण समाजवादी क्रान्तिको अहं प्रश्न हो । दोस्रो, समाजवाद भनेको वस्तुतस् श्रमिकवर्गको सत्ता हो । लेनिन, स्टालिन र माओले जसरी एकल पार्टी समाजवादको अभ्यास व्यवहारिक नदेखिएको विध्यमान परिस्थितिमा बहुल पार्टी समाजवादको कार्यदिशा अख्तियार गर्नु परेको छ । यसरी चरणबद्व समाजवादको कार्यदिशा अन्तर्गत प्रारम्भिक चरणको समाजवादमा मजदुर, किसान र पुँजीपतिवर्गीय जनसंख्याको पूर्ण समानुपातमा आधारित समाजवादी लोकतन्त्रको निर्वाचन प्रणाली अख्तियार गर्नु पर्दछ ।
जहाँसुकै मजदुर, किसानको जनसंख्या अत्यधिक र पुँजीपतिको जनसंख्या न्यून हुने गर्दछ । अतः जनसंख्या आधारित वर्गीय प्रतिनिधि निर्वाचन प्रणालीले संघीय व्यवस्थापिकामा श्रमिकवर्गको तीन चौथाई बढि प्रतिनिधित्व सुनिश्चित गर्छ । यस्तो श्रमिकवर्गीय प्रतिनिधि बहुल व्यवस्थापिकाले, विशेष नयाँ ढंगले स्वभाविक रुपमा आफ्नो नेतृत्वको संयुक्त राज्यसत्ता निर्माण गर्दछ । यसैले तीन आयामको समाजवादी निर्वाचन प्रणाली शख्त जरुरी छ । यसरी नेपाली विशिष्टतामा दुई चरणको समाजवादी अर्थराजनीतिक कार्यदिशा अन्तर्गत प्रारम्भिक चरणको समाजवादी लोकतन्त्रको कार्यक्रम वस्तुसंगत ठहर्छ ।
साथसाथै, बहुराष्ट्रीयताको आधार बहुभाषा, बहुसंस्कृति, भौगोलिक विविधता र सयौं राजनीतिक दल भएको नेपाल वस्तुतः महासंघीय स्वरुपमा छ । संघीयताले मात्र यहाँको वस्तुगत स्वरुपको सही संबोधन गर्न नसकेको विध्यमान जटिल स्थितिमा एक दर्जन देशहरुको महासंघीय नेपालमा हठात रुपान्तरण अत्यावश्यक देखिन्छ । जस अन्तर्गत किरात देश, ताम्सालिङ देश, नेवा देश, मधेश देश, तमुवान देश, मगरात देश, थरुवान देश र खसान देश आदि पुनर्स्थापनाको आन्दोलन वैज्ञानिक समाजवादी क्रान्तिको अभिन्न कार्यभारमा पर्दछन् ।
हिजोसम्म दलित अधिकार, जनजाति, महिला तथा मधेसी अधिकारका नाममा मात्र राजनीतिक दल र त्यसका नेताहरु एवं विभिन्न संघसंस्थाले कार्यक्रम गर्ने गर्दथे । अब भने बाहुनको समाजवादी व्यवस्थापनका लागि सर्वत्र आक्रामक वहश कार्यक्रम जरुरी छ । जसले मात्र न्याय र मुक्ति अथवा समाजवाद सुनिश्चित गर्न सक्दछ ।
अतः बाहुनको समाजवादीकरणवारे उदासीनहरु किमार्थ क्रान्तिकारी हुन सक्दैनन्, भन्ने वस्तुगत यथार्थमा उभिएर निम्न तीन विशेष कामको पहलमा आजैदेखि दृढतापूर्वक अघि बढौं :
१. श्रमिकवर्ग, महिला र आदिवासीको गुणात्मक जागरण, २. बाहुनको चङ्गुलबाट खसहरुको निर्णायक विभाजन र ३. बाहुनको समाजवादी व्यवस्थापन । भनिरहनु पर्दैन, योग्यता र क्षेमताको प्रश्नमा देशको चरम भ्रष्टाचार, वैदेशिक ॠणभार, एमसीसीलगायत देशद्रोही अपराध तथा आधा करोड युवा शक्तिको विदेश पलायन नियतिबाट बाहुनराजको खुट्टी देखिसकिएको छ।
अन्त्यमा, १. सम्पूर्ण साझेदारीमा आधारित समाजवादी लोकतन्त्र हासिल गर्न संविधानको समाजवादी पुनर्लेखन आन्दोलन उठान गरियोस् । २. विचारधारात्मक संदर्भमा पहिलो हुनेले व्यक्ति जित्ने (बाहुन अनुकुल) निर्वाचन प्रणाली लोकतान्त्रीक समाजवादी प्रणाली हो । जसले, राजनीतिक स्वतन्त्रताको आधारमा आर्थिक समानता भनेर ढाँट्दै आएका छन् ।
व्यवहारिक परिणाममा, राजनीतिक स्वतन्त्रताबाट आर्थिक समानताको नाराले जनसमुदायलाई भ्रष्ट पुँजीवादी लोकतन्त्रको चक्रव्युहमा कुण्ठित गरिदिएको छ भने त्यस विरुद्व समाजवादी लोकतन्त्र यहाँको वस्तुगत आवश्यकता हो, भनी स्वीकार गर्ने क्रान्तिकारी ईमानदारिता समाजवादी आन्दोलनको शर्त बन्न आएको छ । अतः राजनीतिक समानताको आधारमा आर्थिक समानता र मानवीय स्वतन्त्रता प्रत्याभूत गर्ने समाजवादी लोकतन्त्रको कार्यक्रमबाट मात्र आजको सामाजिक अन्तर्विरोध हल गर्न सकिन्छ, भन्ने तथ्य मुख्यतः नेपाल पढ्ने सिद्वान्तले स्पष्ट गर्दछ । अतः लोकतान्त्रीक समाजवाद दलाल पुँजीपतिवर्गको विचारधारा हो भने त्यस विरुद्व समाजवादी लोकतन्त्र श्रमिकवर्गको (राज्यव्यवस्था सम्बन्धी) राजनीतिक कार्यक्रम हो, भन्नेमा प्रगतिशील दृष्टिकोणले सुदृढ पहल लिनु पर्दछ ।
गोपाल किराती, संरक्षक
माओवादी कम्युनिस्ट पार्टी, नेपाल