जीवनका खुसीहरु लुटिनसक्छ !

धेरैजसो युवायुवतीहरु अझ भनौ किशोर किशोरीहरु सुन्दर र पृथक देखिन टिपटप हुने र माया प्रेमको चक्करमा रुमल्लिने अहिलेको समयमा फेसन जस्तो नै भइसकेको छ । सकारात्मक भन्दा नकारात्मक सोच र क्रियाकलाप बढिरहेका छ । आजभोली राम्रो हृदय भएको व्यक्ति पत्ता लगाउन, पाउन मुश्किल छ ।
जमाना पनि कस्तो आईसक्यो की समाजमा दाजुभाइ एकआपसमा घर झगडा दिदिले बहिनी र बहिनीले दिदीमाथि नै शोषण ! के आजभोली एक आपसमा माया मोह सामाजिक सद्भाव भन्दा पैसा, लोभ लालच बहुमूल्य हुन थालेको छ ?
समाजमा धेरै किसिमका व्यक्ति हुन्छन । कुनै जन्मजात सन्कि र शंकालु उत्तेजक र झगडालु स्वभावका । कोही असहयोगी, स्वार्थी प्रवृतिका कोेहि त ब्यवहारमै मानब गुण नभएकाहरु जस्तै । त्यस्ताले प्रत्येक विषयलाई नकारात्मक ढङ्गले हेर्छन् । कतिपय मानिस पढेलेखेको छ कुलि परिवारमा जन्म भएको भएपनि मनमा धर्म नभएको असल नियत नभएको पाईन्छ । मनोविज्ञान अध्यनरत हुँ, शक्ति दिन्छु जस्ता भ्रम सिर्जना गर्ने थुप्रै बिकृती विसंगतिसंगै अपराधिक गतिविधि फैलिरहेका छन् ।
द्रव्र्यवहार, इष्र्या, लोभ, धन सम्पति मोह, यौन मनोबृत्ति जस्ता खराब मनसाय बढि देखिन्छ । जब यस्ता मनोसाय लिएर कसैले सम्बन्ध बढाउछ भने त्यहाँ हिंसा, बलात्कार जस्ता अपराध हुनेगर्दछ । पूर्व सम्बधका महिला होस् या पुरुष अरुका खुशीमा असर पुर्याउने, कमजोरीलाई बिन्दु बनाएर सरल जीवनमा समस्या पैदा गरिदिने गरेको पाईन्छ ।
अरुलाई चोट पुर्याउन आफु जस्तै अरुलाई खराब सोचेर गलत र नराम्रा प्रचारबाजी गर्दै हिड्छन् र बेइजत गर्छन् । हरेक मानिस उ कस्तो वातावरणमा हुर्किएको छ उसको सोचाई त्यसमा फरक पर्नसक्छ ।
धेरैजसो यी कुराहरुमा किशोरकिशोरी र युवायुवती फसेको पाईन्छ । यस्ता शोषणका अनगिन्ती समाचार सुन्छौ हामी । एक महिलाले अर्का महिलाई शोषण गर्छन् । आफ्नो स्वार्थको लागी होस् वा रिस, डाहा गरेर । यस्ता विकृत व्यवहार र मनोबृत्ति भएका व्यक्तिबाट ज्यादै सचेत भई जोगिनु पर्छ र समाजबाट त्यस्ता विकृति हटाउन सचेत नागरिकहरुले कडा कदम चाल्न सक्नुपर्छ ।
कुनै एक पूर्व सम्बन्ध रहेको पुरुषले महिलाको गलत प्रचार गरेर बैइजत गर्छ र उसलाई चोट पुराउने कार्य गर्दैछ भने असल महिलाहरुले उसको गलत कार्यको कडा विरोध गर्न सक्नुपर्छ र त्यस्ता गलत कार्य रोकेर र कारवाही गर्नु पर्दछ । तर यहाँ कतिपय अवस्थामा हामी के पाउन सक्छौं भने एक महिलाले महिलालाई नै दुव्र्यवहार गर्ने, हेप्ने, उसको परिवारको हैसियत हेरेर गरिब, धनीको भेदभाव गर्ने, पैसामा उसको स्वाभिमान र इज्जतमा चोट पुराउने भईरहेका छन् ।
गलत साथीसंग सम्बन्धको कारणले पिडित बन्न विशेष गरी युवायुवतीहरु छन् । एक निर्दोष नारीले गलत व्यक्तिलाई प्रेम गर्छिन् तर पछि केटाले आप्mनो स्वार्थ पुरा गरेर धोका दिनसक्छ, उसको स्वाभिमान, नैतिकता, इज्जत बर्बाद गरिदिन सक्छ । त्येसैले कुनै पनि सम्बन्ध मायाजालमा फस्ने किसिमले गर्नुहुदैन । असल र खराब छुट्याउनु नै पर्छ । खराब सम्बन्ध आगाडी नबढाएकै उत्तम हो । जसले पछि पछुताउनु पर्दैन ।
पुरुसमा पनि येस्त घटना घटेको हुन्छ । उनले आफ्नी पत्नीलाई माया गर्छिन् तर गलत व्यक्तिले उसको जीवनमा धोका दिएको हुन्छ । जीवनमा ठूला समस्याहरु आइपर्न सक्छन् । त्यसैले बेलैमा सबैले होस् पुर्याउनुर्छ । सचेत रहन सक्नुपर्छ । यस्ता समस्याबाट गुज्रिनु पर्यो भने खराब इतिहासले तपाईंको मानसिक स्वास्थ्य र व्यक्तिगत जीवनमा अध्याँरो पार्नसक्छ । हामी धेरै नै समाचार सुन्न सक्छौं कि गलत साथीको कारणले विशेष गरी जवान बन्दै गरेका किशोर किशोरी र युवायुवतीहरु पिडामा परेका छन् ।
आपराधिक मनोबृत्तिको सिकार बन्ने गरेका छन् । खासगरी आर्थिक रूप कमजोर परिवारका बढि पर्ने गरेका छन् । तर, त्यस्ता खराब मनोबृत्ति र अपराधीलाई समाजबाट परास्त गर्नुनै पर्छ । कडा भन्दा कडा कारवाही गर्ने र सचेतना फैलाएर यस्ता खराब कुरालाई रोक्नुपर्दछ । अनि सदैब सजगता अपनाएर बस्नु पर्दछ ।
मिना राई सेन्ड्रि हाल काठमाडौंमा एमबिबिएस डाक्टरका लागि अध्ययनरत विद्यार्थी हुन् ।