३ श्रावण २०८१, बिहीबार Thursday 18 July, 2024

श्रृंखला खतिवडाद्वारा गाउँपालिकालाई स्वास्थ्य चौकी हस्तान्तरण

 बिहिबार, पुस २१ २०७९  

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले स्वास्थ्य चौकी निर्माण गरेर समुदायलाई हस्तान्तरण गरेकी छन् ।

उनले सन् २०१८ को विश्वसुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको लागि गृहजिल्ला मकवानपुरको कैलाश गाउँपालिका-७ स्थित ताम्लाङमा स्वास्थ्य चौकी निर्माण गरेकी थिइन् ।

निर्माणपछि गाउँपालिकालाई ङिको स्वास्थ्यचौकी हस्तान्तरण गरिएको र मासिक ३०० जना बिरामीले सेवा लिइरहेको श्रृंखलाले जानकारी दिएकी छन् ।

दुई वर्ष लगाएर सम्पन्न भएको यो स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि उनीहरुको अथक योगदानका लागि श्रृंखलाले धन्यवाद दिएकी छन् ।

हस्तान्तरणपछि परियोजनाअन्तर्गत स्टाफ क्वार्टर पनि थपेको उनले उल्लेख गरेकी छन् । ‘पखाला वा प्राथमिक उपचार जस्ता सजिलै निको हुने रोगका कारण धेरैले ज्यान गुमाएका ठाउँका लागि ठूलो उपलब्धि हो,’ श्रृंखला लेख्छिन् ।’

 

प्रतिक्रिया सबै