वाम एकताका लागि एकीकृत समाजवादीले बनायो ४ सदस्यीय कार्यदल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो ।
उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल सदस्य रहेको जानकारी दिए ।
कार्यदलले वामपन्थीहरुसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने प्रवक्ता खतिडाको भनाई छ । ‘महासचिव वेदुराम भुसाल नेतृत्वको गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेलसहित सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेका छौं । यो कार्यदलले वामपन्थीहरुसँग छलफल गरी निष्कर्ष निकाल्नेछ’, उनले भने ।
वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे औपचारिक प्रस्ताव नै सरकार पक्षका पार्टीहरुले नगरेको उपमहासचिव खतिवडाको भनाई छ ।