१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

म्याच फिक्सिङको आरोप लागेको टी-२० लिग अनुगमन गर्न आईसीसी टोली नेपालमा

 बिहिबार, पुस २१ २०७९  

काठमाडौं । ‘स्पट तथा म्याच फिक्सिङ’ भइरहेको भनेर आरोप लागेको नेपाल टी-२० लिगको अनुगमन गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का प्रतिनिधि बिहीबार काठमाडौं आइपुगेका छन् ।

आईसीसी एन्टी करप्सन युनिट (एसीयू)का सिनियर इन्टिग्रिटी अफिसर एन्ड्रयू इफग्रेभको नेतृत्वमा दुई सदस्यीय टोली बिहीबार काठमाडौं आएका हुन् । उनीहरूले आज बिहान प्रतियोगिता भइरहेको स्थल त्रिवि क्रिकेट मैदानमा पुगेर खेलाडी, अफिसियल तथा अम्पायरसँग कुराकानी गरेका थिए ।

त्यस्तै इफग्रेभको टोली नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पनि पुगेर छलफल गरेका थिए । उनीहरूले राष्ट्रिय खेलकुद परिषद् (राखेप) पु्गेर सदस्यसचिव टंकलाल घिसिङसँग पनि छलफल गरेका थिए । यससँगै आईसीसी टोलीले सरोकार सबै निकायसँग छलफल गरेको छ ।

सदस्यसचिव घिसिङसँगको छलफलमा आईसीसी टोलीका इफग्रेभले अहिलेको अवस्थामा केही बताउन नमिल्ने बताएका थिए । उनीहरूले छानविनका लागि आफ्नो छुट्टै संयन्त्र भएको बताएका छन् भने राखेपले बनाएको छानविन समितिलाई हाम्रो सहयोग चाहिएमा आफुहरू सहयोगका लागि तयार भएको बताएका थिए ।

प्रतिक्रिया सबै