स्कारपियोको ठक्करबाट स्कुटर चालकको मृत्यु
शुक्रबार, पुस २२ २०७९

काठमाडौं । बारा जितपुरसिमरा उपमहानगरपालिका-१६ पसाहापुलमा स्कारपियोले स्कुटर र साईकललाई बिहीबार बिहान ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पसाहापुलस्थित सडकमा ग.२ च ४४१३ नम्बरको स्कारपियोले प्र। २-०३-००२ प ४५८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ४० वर्षीय राजेन्द्र माझीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्पाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका साईकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कारपियो र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सबै